कलैया : जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वा पुरानो चोकमा शनिबार अवैध मदिरा उत्पादन नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा स्थानीय भद्र भलादमी,समाजसेवी लगायतका गरी एक सय पचास जनाको सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित लगायतको विशेष उपस्थिति रहेको थियो।


