कोल्हवीको नया बस्तिमा नेपाली कांग्रेसको चुनावी सभा सम्पन्न

साझेदारी दैनिक
893 पाठक संख्या

बाराको कोल्हबि न पा वाड न ८ नया बस्तिमा नेपाली कांग्रेसको चुनावी सभा शनिबार रुद्र बहादुर लामाको सभापतित्वमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि नेपाल सरकारको खानेपानी तथा सरसफाइ मन्त्री,नेपाली कांग्रेसको सहमहामन्त्री माननीय उमाकान्त चौधरी,बिशिस्ट अतिथि कोल्हबि नगरपालिकाको मेयर पदको उमेदवार रामप्रसाद चौधरी उपमेयर पदको उमेदवार लक्ष्मी देबि चौधरी ५ का उमेदवार बासु चौधरी ८ का सार्थक पौडेल ,संजय कुमार चौधरी ,रबिन्द्र पनुहर हिराबहादुर कुवर लगाएतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा कोल्हबि नगरपालिका ने क पा एमाले संगठित सदस्य एवम श्री जनता माबि ककडिप्रसौनाका पुर्व प्राचार्य देवि प्रसाद चौधरी ,सुरेन्द्र प्रसाद चौधरी ,शम्भु चौधरी ,राजेश चौधरी ,जितेन्द्र चौधरी ,सिताराम चौधरी ,रामयकवाल चौधरी , बृज किशोर चौधरी ,जोगिन्द्र चौधरी ,श्रीपति माझि,कलबिखनि माझि ,सोहरि माझि,अलोपि मझि वाड न ८ का अमरबहादुर लामा ,दलबहादुर ढोङ,राधे चौधरी कुन्ति चौधरी आदर्श श्रेष्ठ लगाएत चार दर्जन भन्दा बढी कार्याकर्ताहरुले विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए।

कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर पदका उमेदवार रामप्रसाद चौधरीले आफु बिजय भए पछि कोल्हबि नगरपालिकालाइ नमुनाको रुपमा ल्याने र किसानको समस्यालाइ उजागर गर्ने पहिलो प्राथमिकता रहेको र पहिलेको मेयरले जुन ठेकदारि प्रथा चलाएको थियो त्यसको अन्त गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। सम्बोधनको क्रममा प्रमुख अतिथि समेत रहनु भएका नेपाल सरकारको खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले एमाले को बानि ब्यहोरा सबै जनतालाइ थाहा भैसकेको र आउदो स्थानीय तहको चुनावमा एमालेलाइ पराजय गराएर छोड्ने छ ।

एमालेले झुठको खेति बाहेक अरु केहि गर्न नसक्ने र भ्रामक कामको बारेमा ५ बर्षमा यस कोल्हबिका जनताहरुले बुझि सकेकोले अब कुनै किसिमको जालसाजि गर्न नसक्ने बताउनु भयो ।जस्तो गुरु उस्तै चेला हुने गर्दछ ।ओलि झुठको खेतिमा पि एच डि हासिल गरेकोले उहाको मतियारहरु पनि मासटर्स गरेका छ्न ।

कोल्हबिका मेयर भण्डारीको सबै कालाकरतुतहरु सर्लङ छ आउदो बैशाख ३० गते अब उसलाई यस कोल्हबिका जनताहरुले सबक अवश्य नै सिकाउने छ्न भनि आफु बिशवस्त रहेको जानकारी दिनु भयो। र रुख चिन्ह मा छाप लगाइ कोल्हबि नगरपालिकाका मेयर उपमेयर लगाएत सबै टिमलाई बिजय गराउन आग्रह समेत गर्नु भयो। स्वागत मन्तव्य वाड न ८ का अध्यक्ष पदका उमेदवार सार्थक पौडेल र कार्यक्रम संचालन चौधरीले गरेका थिए।

Leave a review