कलैया वडा नम्वर १० मा अवलोकन निरीक्षण तथा शुभकामना आदानप्रदान

साझेदारी दैनिक
752 पाठक संख्या

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वामा नगरप्रमुख राजेशराय यादवद्धारा अवलोकन, निरीक्षण गर्नुको साथै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नगरप्रमुख यादवले वडामा रहेको विभिन्न समस्याका वारेमा अवलोकन तथा निरिक्ष गरेका थिए । अवलोकन पश्चात मटिअर्वामा स्थानीयवासीहरुसंग छलफल तथा अन्तरक्रिया गर्दै हिन्दु धर्मावलम्बीहरूको महान चाँड बडा दशैँको अवसरमा शुभकामना आदानप्रदान समेत गरेका थिए ।

सो अवसरमा दशैको उपलक्ष्यमा सबै स्थानिय बासिन्दाहरूलाई शुभकामना आदानप्रदान गर्दै समुदायमा रहेको समस्याको बारेमा सामुदायिक समस्या सुनेर त्यसको निराकरणको बारेमा छ्लफल समेतगरिएको थियो।

उक्त कार्यक्रममा स्थानिय बासिन्दाहरूलाई आगामी बजेट मार्फत समुदायमा रहेका समस्याहरू समाधान गरिने नगरप्रमुख यादवले प्रतिबद्धता जनाएका थिए ।

Leave a review

This will close in 0 seconds