बिभिन्न मुद्दामा फरार दुई प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
275 पाठक संख्या

बारा प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा अदालतबाट १५ दिन कैद र २ लाख रुपैयाँ जरिवाना पाएका बाराको परवानीपुर गाँउपालिका वडा नं.५ बहुअरी बस्ने अन्दाजी ४० वर्षीय रामएकवाल साहलाई पक्राउ गरेको छ ।

त्यस्तै प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले चोरी मुद्दामा अदालतबाट ११ दिन कैद र १२ हजार रुपैयाँ जरिवाना पाएका जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरिया अन्दाजी ६० वर्षीय असर्फी महतोलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।

Leave a review

This will close in 0 seconds