बारा–२ मा आचारसंहिता कडाइका साथ पालना गर्न निर्वाचन अधिकृतको आग्रह

साझेदारी डेलि
477 पाठक संख्या

कलैया । बारा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत किरणकुमार सिंहले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै उम्मेदवार तथा सरोकारवालालाई आग्रह गरेका छन्।

उनले प्रचारप्रसारका लागि सवारी साधन प्रयोग गर्दा अनिवार्य रूपमा निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्ने बताएका छन्। अनुमति नलिई प्रयोग गरिएका सवारी साधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिन सक्ने चेतावनी समेत दिएका छन्।

त्यसैले प्रचार–प्रसारका क्रममा सवारी साधन प्रयोग गर्नु अघि अनिवार्य अनुमति लिन अनुरोध गरिएको छ। साथै, आचारसंहिता २०८२ ले डिजे, बाजागाजा र माइकको प्रयोग निषेध गरेको हुँदा त्यस्ता सामग्री प्रयोग नगर्न आग्रह गरिएको छ।

आचारसंहिता २०८२ ले अनुमति दिएका साधनहरू मात्र प्रयोग गरी प्रचार–प्रसार गर्न र उम्मेदवारहरूले आफ्ना घोषणापत्र यथाशीघ्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्न समेत सिंहले अनुरोध गरेका छन्।

Leave a review

This will close in 0 seconds