रौतहटमा अवैध कपडा र मोटरसाइकलसहित एक जना पक्राउ

Om Prakash Yadav
615 पाठक संख्या

रौतहट : रौतहटमा अवैध कपडा र दुईवटा मोटरसाइकल सहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय गौरबाट गस्तीमा खटेको प्रहरी टोलीले भन्सार छलीको कपडा र दुई थान मोटरसाइकलसहित एक तस्करलाई पक्राउ गरेको हो ।

जिल्लाको ईशनाथ नगरपालिका-१ का ३७ वर्षीय राकेश पासवान पक्राउ परेको प्रहरीले जनाएको छ।

पासवानलाई तस्करीको कपडा र मोटरसाइकल सहित पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक एसपी नेत्रमणि गिरीले जानकारी दिएका छन्।

जिल्ला प्रहरीबाट विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका-४ लालबकैया नदीको छेउबाट दुईलाख २३ हजारको अवैध कपडा,नम्बर नभएको दुई थान मोटरसाइकलसहित पासवानलाई नियन्त्रणमा लिएको एसपी गिरीले बताए।

बरामद कपडा, मोटरसाइकलको कुल तीनलाख २३ हजार मूल्यांकनसहित पक्राउ परेका पासवानलाई आवश्यक कारबाहीको लागि सोमवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

Leave a review

This will close in 0 seconds