कलैया : रेडक्रस दिवसको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र बाराको कलैयामा बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
उक्त रक्तदान कार्यक्रमको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले एक कार्यक्रमका बीच गरेका हुन्।
उक्त अवसरमा बोल्दै प्रजिअ अधिकारीले रक्तदान गर्नु ठुलो पुण्यको काम रहेको बताए। रक्तदान गर्नु महादान रहेको उनले बताए।
सो कार्यक्रममा चार जना महिला सहित ३३ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा राजमंगल प्रसाद,राकेशप्रसाद सिंह,बलिराम यादव,सरोज यादव,बिजयकुमार यादव,दिपक उप्रेती, मुकेश चौधरी,रामबाबु यादव,प्रमेश ठाकुर,बिजय राज श्रेष्ठ,टिपु करजाई आलम,राकेशप्रसाद कुर्मी, कुमारलाल श्रेष्ठ, सुरेशकुमार कुशवाहा, शिव साह, अरुण पटेल, विकासकुमार यादव, अभिषेककुमार दास, राकेश शर्मा, कृष्णा महतो, शन्तोषकुमार सरार्फ, राज कुमार सरार्फ, अफताब अंसारी,राजु महतो केवट, सुनिल कुशवाहा लगायतका रहेका छन । यसैगरी रक्तदान कार्यक्रममा सुस्मिता कुमारी,मञ्जु सुवेदी,सरिता कुमारी पटेल,अरुणा चौधरी रहेका छन्।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष महम्मद सगिरको अध्यक्षतामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो। उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक शन्तोष तामाङ्ग, प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित,लगायतको विशेष उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रमका स्वागत केन्द्र बाराका उपाध्यक्ष लोकेश सिहं एवम् केन्द्रका सचिव जंगबहादुर यादवको रहेको थियो।

