जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र हिमालयन शेर्पा भिड्दै

साझेदारी दैनिक
389 पाठक संख्या

सिमरा : बाराको सिमरा खेलमैदानका जारी १५ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि ए डिभिजनका दुई टोली प्रतिस्पर्दामा उत्रिने भएका छन ।

जारी खेलको अन्तिम प्रतियोगिताको लागि मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रङ्गशालाको फ्लड लाइटमा शुक्रबार राती हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने होडमा छन ।

जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको मच्छिन्द्रका लागि दोस्रो पटक फाईनलमा पुगेको हाो । यसअघिल्लो बर्ष १४ औं संस्करणको फाइनलमा पुलीससंग पराजित हुँदै उपविजेतामा सिमीत बनेको थियो । मच्छिन्द्रले यसपटक पुलिसलाई क्वाटरफाइनलमा रोकेर फाईलनको यात्रा तय गरेको थियो ।

यसैगरीहिमालयन शेर्पाले मच्छिन्द्रसंग यो बर्ष मोफसलका प्रतियोगितामा व्यहोरेको हारको बदला लिने लक्ष्य राखेको छ । यो संगै हिमालय शेर्पा चौथोपटक जीतपुरसिमरा गोल्डकपको फाइनल खेल्न लागेको हो ।

१३ औं संस्करण र चौथो संस्करणको फाइनलमा उपविजेता बनेको हिमालयन शेर्पाले २०६७ मा सम्पन्न प्रतियोसगताको दोश्रो संस्करणको सिमरा गोल्डकपको उपाधि जित हात पारेको थियो ।

सिमरा रङ्गशालामा विहीबार विहान पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका कप्तान रेजिन सुब्बा र हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ दुबैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार रहेको बताएका छन ।

शुक्रबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा नेपाल सरकारका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमूख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds