बाराका प्रमुख जिल्ला अधिकारीले पत्रकारहरुको कोरोना परीक्षणकालागी स्वाब संकलन कार्यमा अवरोध सृजना गरेका छन ।
प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले आज स्वाब दिनका लागी पुगेका सातजना पत्रकारहरुको नाम काटेर जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गर्न जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
पत्रकारहरुको टोलीले हिजो नै जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरुसंग कुरा गरेर आज स्वाब संकलनको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारीले आज पत्रकारको नगर्नु भनेर नाम काट्न लगाएको कान्तिपुर दैनिकका पत्रकार लक्ष्मी साहले जानकारी गराउनु भयो ।
आफुसंग समन्वय जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीको सहयोगमा स्वाब संकलनको व्यवस्था मिलाएकोले पत्रकारहरुको नाम हटाएर कर्मचारीको स्वाब परीक्षणको व्यवस्था मिलाएको जवाफ प्रमुख जिल्ला अधिकारीले दिएको नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले जानकारी गराउनु भयो ।
प्रमुख जिल्ला अधिकारीले नाम काटन लगाएपछि पत्रकारहरुको टोली जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामपुकार साहलाई दबाब दिएपछि पुन साँझमा आफुहरुको स्वाब संकलन भएको युनियनका अध्यक्ष यादवले बताउनु भयो ।