कलैया : बाराको कलैयास्थित भरत चोकमा आईतबार साँझ चार जना हजयात्रीहरुको बिदाई गरिएको छ ।
हजयात्री बारा कलैया देवीगञ्ज निवासी हाजी ऐनुल्लाह अंसारी,सोही स्थानका हाजी दुखा मिया,हाजी जमिला खातुन,हाजी जुबैदा खातुनको बिदाई गरिएको हो ।
अन्तर्राष्ट्रिय कबड्डी खेलाडी शमसाद मंसुर,नेपाल बिधार्थी संघका क्षेत्रीय सभापति तमन्ना अली,महम्मद शाबिर हुसेनले फूलमाला तथा गम्छा ओढाई बिदाई गरेका हुन।
जेठ ७ गते काठमाण्डौबाट हजयात्रीहरु ईस्लाम धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने जनाईएको छ।
उक्त अवसरमा ईस्लाम धर्मावलम्बीहरुको विशेष उपस्थिति रहेको थियो।

