वीरगञ्ज । ज्यान सम्बन्धी कसुर तथा डाँका मुद्दामा अदालतबाट दण्ड जरिवाना पाई फरार रहेका एक जना प्रतिबादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने कृष्णा साह तेलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनलाई वडा नम्बर १२ मुर्लीबाट पक्राउ गरिएको हो।
पक्राउ परेका तेलीलाई आवश्यक कारवाहीको लागि अदालतमा बुझाईने पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

