जीतपुरसिमराको बजेट सिमा निर्धारण समितिको बैठक बैशाख १० मा

रञ्जन यादव
433 पाठक संख्या

जीतपुर : बाराका जीतपुरसिमरा उपमहानगरपालिकाको श्रोत अनुगमन तथा बजेट सिमा निर्धारण समितिको बैठक बैशाख १० गते बस्ने जनाईएको छ ।

नगरप्रमुख राजन पौडेलको संयोजकत्वमा बसेको बैठकले गत तीन आर्थिक बर्षको आयलाई आधारमानी र राजस्व परामर्श समितिबाट आय अनुमानको सिफारिस भई आए पश्चात अगामी तीन आर्थिक बर्षको आय प्रमाणित गर्ने गरी बैशाखा १० गते बैठक बस्न लागेको नगर प्रमुख पौडेलको सचिवालयले जनाएको छ ।

स्थानीय सरकार संचालन ऐन ,२०७४ को दफा ६६ बमोजिम गठित समितिको बैठकमा उपप्रमुख भोला प्रसाद अधिकारी,कार्यपालिका सदस्य अर्जुन बि.क.,वडा अध्यक्ष चयन गुरुङ्ग,दिपेन्द्र चौधरी,मोतिलाल यादब सदस्य रहनुभएको छ ।

उक्त समितिको सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत शान्ति राज प्रसाई रहेका छन ।

Leave a review