निजगढ । उमेश घलान/ बारा निजगढमा एक सामुदायिक वन उपभोक्ता समितिले स्थानीय जनज्योति आधारभूत विद्यालयका ६ जना विद्यार्थीहरुलाई शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गरेका छन ।
बारा निजगढ नगरपालिका ९ स्थित आदर्श सदावहार वन समूहको वार्षिक कार्ययोजना अन्तर्गत विद्यालयको शैक्षिक अवस्था सुधारको लागि विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई वितरण गरिएको हो ।
बन समुहले विद्यालयका खेमराज गौरीका सुनार,नयुन लामा,अल्पिना मोक्तान,एनिका ब्लोन,जीविका थिङ्ग र प्रणिका मोक्तानलाई एक थान झोला सहित एक वर्षको लागि पुग्ने १५ हजार रकम मूल्य बराबरको कापी,कलम,जेमेट्रिक बक्स फुटबलगायतको सामग्री वितरणको गरिएको जनाईएको छ ।
विद्यालयका जेहेन्दार,विपन्न,दलित र जनजाति समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप शैैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जानकारी दिएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा वन समूहका अध्यक्ष रामप्रसाद पाण्डेलगायत पदाधिकारीहरुले विद्यार्थीहरुलाई सो सामग्री वितरण गरेका थिए ।

