सडक सुरक्षा सम्बन्धी जानकारी समेटिएको सूचना बोर्ड जडान

रञ्जन यादव
416 पाठक संख्या

जीतपुर : सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताहको दोस्रो दिन जीतपुरसिमरा उपमहानगरपालिकामा विहीबार विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ।

अभियान अन्तरगत सो अवसरमा सडक सुरक्षा सम्बन्धी जानकारी समेटिएको सूचना बोर्ड जडान गरिएको हो ।सडक डिभिजन कार्यालय हेटौंडाको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा परवानीपुरदेखि चुरियामाईसम्मका स्थानहरूमा ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी बोर्डहरू जडान गरिएको थियो ।

बोर्ड जडान कार्यक्रममा नगरप्रमुख राजन पौडेल,उपप्रमुख भोला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईं लगायतको सहभागीता रहेको थियो थए। कार्यक्रम संयोजक तथा वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख इञ्जिनियर पुष्पा सिंहका अनुसार सो अवसरमा पर्चा–पम्पलेट वितरण,सचेतनामूलक स्टिकर टाँस्ने तथा ट्राफिक स्वयंसेवक परिचालन गर्ने कार्यहरू पनि गरिएको थियो।

उपमहानगरपालिकाका अनुसार शुक्रबार तचत सड्क सुरक्षा सप्ताहको तेस्रो दिन चालक र सहचालकहरूको स्वास्थ्य परीक्षण,रक्तदान कार्यक्रम र सर्भिस लेन क्लियर गर्ने जस्ता महत्वपूर्ण कार्यहरू संचालन गरिनेछ।

Leave a review

This will close in 0 seconds