पतालगङ्गा सिमसार क्षेत्रको सरसफाई गरी अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाईयो

साझेदारी दैनिक
611 पाठक संख्या

कोल्हवी : सिमसार क्षेत्रको सरसफाई गरेर डिभिजन वन कार्यालय बाराले अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०८२ मनाईएको छ ।

प्रकृति र दिगो विकास,समृद्धिको मूल आधारू भन्ने नाराका साथ आयोजित कार्यक्रममा बाराको कोल्हवी नगरपालिका वडा नं.२ स्थित पतालगङ्गा सिमसार क्षेत्रको सरसफाई गरेर दिवस मनाईएको हो ।

पतालगङ्गा सिमसार क्षेत्र वरपरका झाडी तथा सिमसार भित्र थुपरिएर बसेको माटो,बालुवा तथा फोहोरमैला सफा भईरहेको डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिनुभयो । मेसिनको प्रयोग गरी सरसफाई गर्दा पानीको मुहानमा असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी सर्बपक्षिय बैठकको निर्णय अनुसार ज्यालादारी मजदुरहरुको सहयोगले सरसफाई भईरहेको झाले बताए ।

कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयको अगुवाइमा कर्मचारी,स्थानीयबासी तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो। सरसफाइ अभियानले जैविक विविधताको संरक्षण, वातावरणीय सन्तुलन तथा सिमसार क्षेत्रको सौन्दर्य अभिवृद्धिमा टेवा पु‍-याउने विश्वास आयोजकको छ । पतालगङ्गा जैविक विविधता तथा पर्यावरणीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।

यस्ता अभियानले सिमसार क्षेत्रको संरक्षण र जनचेतना अभिवृद्धिमा सघाउ पुर्‍याउने डिभिजनल बन अधिकृत झाले बताएका छन्। । पतालगङ्गा कार्यक्रम तथा डब्लु.डब्लु एफ तालको सहयोगमा ५ हजार बर्गमिटर भन्दा बढी पतालगङ्गा सिमसारको सरसफाई भईरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

सिमसारमा हरेक महिना पानी उपलब्ध हुने हुँदा बन्यजन्तुको मुख्य बासस्थान मानिन्छ,यसको संरक्षणले जलस्रोत संरक्षण तथा जैबिक बिबिधताको संरक्षण हुने गर्दछ । सुखा मौसमको समयमा पनि सिमसारमा पानी रहने गरेको जसले यहाँका स्थानीयबासीलाई पानीको जोहो टार्न र उत्पादन बृद्धिमा महत्वपुर्ण योग्दान दिने गरेको डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिनुभयो ।

Leave a review