बाक्लो हुस्सुका कारण सिमरा बिमानस्थलको सेवा अवरुद्ध

रञ्जन यादव
293 पाठक संख्या

सिमरा : बाक्लो हुस्सुरका कारण मौसम सफा नभएपछि बुधबार बाराको सिमरा बिमान सेवा प्रभावित बनेको छ ।

अत्याधिक चिसो र बाक्लो हुस्सुका कारण बुधबार पनि विमानस्थल संचालनमा आउन सकेन । बाक्लो हुस्सुले भिजिविलिटी कम भएपछि विमानस्थलको हवाई सेवा ठप्प भएको हो ।

सिमरा विमानस्थलबाट बुद्ध एयर र यति एयरलाईन्सले नियमित उडान गर्दै आएका छन् । तर मौसमका कारण विमानस्थलबाट काठमाण्डौका नियमित सबै उडान प्रभावित बनेका विमान स्थलका अधिकारीहरुले बताएका छन ।

बिमान सेवा ठप्प भएपछि सिमरा बिमानस्थलमा आएका यात्रुहरु निराश भएर घर फर्किएका थिए । मंगलबार पनि खराब मौषमका कारण हवाई सेवा प्रभावित बनेको थियो ।

Leave a review