Sajhedari Daily
Latest News from Nepal

कोल्हवीमा आयोजना गरिने थारु माघी महोत्सव वारे पत्रकार सम्मेलन

धिरेन्द्र पनुहर
कोल्हवी, २९ पौष
बाराको कोल्हवीमा आयोजना गरिने थारु माघी महोत्सवको लागि तयारी वारे बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।
माघ १गते देखि ३ सम्म मनाइने थारु माघी महोत्सव मा थारु जातिको विभिन्न भेश भुसा थारु सस्कृती झल्किने बिभिन्न किसिमको नृत्य जस्तै घाटो, समाचकेवा हरफरौरी ,ठ्करा नाच ,पुर्बी नाचको झाकी प्रदर्सन समेत हुने जानकारी दिनु भयो। महोत्सवमा लाई, सठौरा, तिलवा, बगेआ, घोङ्ही ,सिधरी,पकली,मसुलार लगाएत थारु जातिको विभिन्न परिकारहरुको स्ट्ल रहने जानकारी दिनुभयो । महोत्सवमा चितवन ,नवलपरासी लगाएत स्थानीय थारु कलाकारहरुको प्रस्तुती रहने र मुख्री आकर्षणको रुपमा बहुचर्चित थारु गायिका अनु चौधरीको समेतको सांगेतिक प्रस्तुति हुने र कार्यक्रमको अनुमानित खर्च १२ लाखको लागतमा सम्पन्न हुने थारु कल्याणकारणी संस्थाका सचीव यादव कृष्ण चौधरीले जानकारी दिनुभयो ।
आयोजक थारु कल्याणकारणी सभा जिल्ला कार्य समिति बाराको सभापति रामप्रसाद चौधरीको अध्यक्षतामा गरिएको पत्रकार सम्मलेलन सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला कार्य समिति बाराका सचिव यादब कृष्ण चौधरी, सदस्य सन्जय चौधरी, भोजराज चौधरी, गाउँ इकाई समिति कोल्हबीका सभापति रामबाबु चौधरी, उपाध्यक्ष जयप्रकास चौधरी, थारु युबा नेता रामनाथ चौधरी, केन्द्रिय पार्सद गिरधारी चौधरी लगाएतहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पत्रकारहरुको जिज्ञासा राख्दै जिल्ला सभापति चौधरीले थारू कल्याणकारीणि सभा २००५ सालमा स्थापना भए पश्चात यसजातिको हरेक क्षेत्रमा सर्वाङ्गिक बिकासको लागी कुनै कसर बाकी नराखेको कुरा बताउनुभयो।