स्थापना दिवसमा घण्टीमाई साकोसद्वारा शैक्षिक सामाग्री वितरण

साझेदारी दैनिक
232 पाठक संख्या

सिमर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले आफनो १२औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

सहकारीले समुदायसँग घण्टीमाई मुख्य नारा सहित १२औँ स्थापना दिवस मनाएको हो । सहकारीले स्थापना दिवसको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाले फरदवामा अवस्थित बाल मैत्री विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

सो विद्यालयमा अध्ययनरत २५ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको संस्थाका कार्यालय साहयक मिना ढकालले जानकारी दिईन् । शैक्षिक सामग्रीमा कपी ,पेन्सिल ,ईरेजर,सापनर,चार्ट पेपर लगायत रहेका छन् । बिद्यार्थीहरुलाई घण्टीमाई साकोसका उपाध्यक्ष त्रिलोक साह ठकुरीले शैक्षिक सामग्री बिद्यालयलाई हस्तान्तरण गरेका थिए ।

यस्ता कार्यक्रमले बालबालिकामा सिकाइप्रति उत्साह बढाउने विश्वास गरिएको घण्टीमाई साकोसकी अध्यक्ष कोपिला सिम्खडाले बताईन् । कार्यक्रमको सुरुवात दीप प्रज्वलन गरी गरिएको थियो । जसले कार्यक्रमलाई औपचारिकता प्रदान गरेको थियो ।

सो शैक्षिक सामाग्री वितरण कार्यक्रममा संस्थाका पदाधिकारी, स्थानीय अभिभावक, विद्यालय परिवार तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds