लायन्स क्लब अफ रक्सौलद्वारा गरियो निःशुल्क स्वास्थ्य परीक्षण

साझेदारी दैनिक
161 पाठक संख्या

रक्सौल : लायन्स क्लब अफ रक्सौलले रक्सौल रेलवे स्टेशनको प्लेटफर्म नम्बर १ मा निःशुल्क स्वास्थ्य परीक्षण शिवीर गरेको छ।

उक्त शिवीरमा सत्याग्रह एक्सप्रेस, मिथिला एक्सप्रेस तथा बाबाधामबाट आउने तथा जाने यात्रुहरूको जाँच गरेको हो। करिब १६० जनाको रक्तचाप, मधुमेह (ब्लड सुगर) तथा रगत परीक्षण गरिएको थियो।

क्लबका सदस्य लायन डा. सुशील कुमार सिंहद्वारा चिकित्सकीय परामर्श प्रदान गरिएको थियो। परीक्षणमा १५ यात्रुहरूलाई विशेष चिकित्सकीय सल्लाह दिइएको छ। तिनीहरूको जीवनशैली तथा आहार व्यवस्थाबारे जानकारी दिइएको थियो।

शिविरमा क्लबका अध्यक्ष लायन बिमल सर्राफ, सचिव लायन मोहम्मद निजामुद्दीन, कोषाध्यक्ष लायन अमित कुमार, जोनल चेयरपर्सन लायन शम्भु प्रसाद चौरसिया, लायन डा. सुशील कुमार सिंह, लायन डा. राजीव रंजन कुमार, लायन गणेश धानोठिया, लायन पवन किशोर कुशवाहा, लायन नारायण रुंगटा, लायन राजु गुप्ता, लायन साइमन रेक्स, लायन वसन्त जालान, लायन पंकज बरनवाल, लायन रमेश रौनियार लगायतको सक्रियता थियो।

एसआरपी अस्पताल, लक्ष्मीपुरका निर्देशक तथा क्लबका सदस्य लायन संजय गुप्ताको सौजन्यमा सो शिवीर गरिएको हो।

Leave a review

This will close in 0 seconds