विपद जोखिम न्यूनिकरण आपतकालीन प्रतिकार योजना सामुदायिक शिक्षा तथा सचेतना सम्बन्धी अभिमुखिकरण सम्पन्न

साझेदारी दैनिक
189 पाठक संख्या

कोल्हबी : धीरेन्द्र पनुहर / बाराको कोल्हबी नगरपालिकाको आयोजना र युनिसेफको सहयोगमा विपद जोखिम न्यूनीकरण (डिआरआर ) आपतकालीन प्रतिकार योजना (ईपिआर) सामुदायिक शिक्षा तथा सचेतना (सिइइ ) सम्बन्धी अभिमुखिकरण कार्यक्रम रोज उड होटेल प्रा लि कोल्हबीमा शुक्रबार सम्पन्न भएको छ।

कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका हुन्। अभिमुखिकरण कार्यक्रमको उदघाटन शत्रलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले कोल्हबी नगरपालिकामा कस्तो किसिमको विपद आउने गर्छ, त्यसको पहिचान गरी न्यूनिकरण गर्ने उपायहरु अपनाउनुपर्नेमा जोड दिए।

कोल्हबी नगरपालिकामा प्रायः आगलागीको प्रकोप बढी हुने गरेको उनले बताए। आउदो दिनमा यस भेगमा सिचाइको अभाव हुने सम्भावना रहेकोले अहिले देखि नै गुरु योजना बनाएर सिचाइको अभाव हुने समस्याको न्यूनिकरण गर्न सकिने बताए। विशेष गरी जलवायु परिवर्तनले गर्दा नै विपदको जोखिम हुने गरेको जानकारी दिए।

कार्यक्रममा कोल्हबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल ,अतिथिहरुमा कोल्हबी न. पा. वडा न १ का वडा अध्यक्ष राजहरन चौधरी , २ का अध्यक्ष गोपालप्रसाद अधिकारी ,३ का अध्यक्ष किशुनदयाल चौधरी , ६ का अध्यक्ष दिनेश चौधरी ,९ का अध्यक्ष दलबहादुर चौधरी ,१० का अध्यक्ष कुन्जबिहारी चौधरी ,११ का अध्यक्ष नन्दकिशोर चौधरी, स्वास्थ्य शाखा प्रमुख मनोजकुमार चौधरी,पशु शाखा प्रमुख शम्भु पनुहर, सुरक्षाकर्मी तथा स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो।

कोल्हबी नगरपालिका वडा न ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी , प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले शुभकामना मन्तव्य व्यक्त गरे। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका उमेश मिश्रले विपदको जोखिम र न्यूनिकरण गर्ने उपायहरुको बारेमा प्रशिक्षण दिएका थिए। कार्यक्रमको सहजीकरण लोकनाथ ओलीले गरे।

Leave a review