कलैया : बारामा आठ बर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको घटनाले सवैको मन छुएको छ ।
बारा प्रहरीले ती आठ वर्षीय बालिकाको जबरजस्ती करणीको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले बाराको प्रसौनी गाउँपालिका की ८ बर्षीय बालिकाको जबरजस्ती करणीको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुको नाम हालको लागि गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिई बारा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पण्डितले बताएका छन ।
गत जेठ १४ गते बुधबार राती जबरजस्ती करणीमा परेकी ती बालिकाको वीरगन्ज एक अस्पतालमा उपचार भईरहेको छ ।

