कपडा तथा सामानहरू बोकेको ट्रक प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
334 पाठक संख्या

पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोक स्थित सडकखण्डमा ट्रक नियन्त्रणमा लिएको हो ।

उसले वीरगञ्जबाट ना.३ ख ४७४९ नम्बरको मालवाहक ट्रक जाँच गरेको थियो ।जाँचको क्रममा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पाइएको प्रहरीको भनाई छ ।

वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ट्रकभित्र ३३५ लाख ९२ हजार ५४० मूल्य बराबरको लोड रहेको कपडा तथा खुद्रा समानहरू नियन्त्रणमा लिएको हो ।

सामान सहित आवश्यक कारवाहीको लागि ट्रक र सामान राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds