कोल्हवीले ल्यायो किसानको लागि बकैया खोलाको पानी

साझेदारी दैनिक
201 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ बाराको कोल्हवी नगरपालिकाले किसानहरुका लागि सिचाई गर्न कुलोको पानीका व्यवस्था मिलाएको छ

नगरप्रमुख रामप्रसाद चौधरीको बिषेश पहलमा बकैया खोलाको पानी कुलो बनाएर कोल्हवी नगरपालिका नगरपालिकाको उत्तरी क्षेत्रका किसानहरुका खेतमा सिचाइको लागि आईतबारदेखि सुरुवात गरेको छ।

केही दिनदेखिको जेसिविको मदतले कुलो चिरेर आइतबार देखि भलुआइखोर,हनुमानगन्ज,पुरानो काटा,पिपरिया,कोल्हवी,गहुमी,बगेअवालगायतका २ सय बिगहा खेतमा सिचाइ पुगेको छ।

पानी ल्याउन शुरुवात कार्यक्रममा कोल्हबी नगरपालिकाका नगर प्रमुख चौधरी ,वडा न २ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी ,किसानहरु श्रावण मैनाली ,मोहन गोले ,श्याम लामा, महेश पन्जियार लगाएतको उपस्थिति रहेकोे थियो।

किसानहरुको खेतमा लगाएको धान बाली सुकिरहेको बेला नगर प्रमुख चौधरीको पहलमा पानी आएकोमा किसानहरुले नगर प्रमुख चौधरीलाई धन्यवाद समेत दिएको छ ।

मधेशका लामो सयमदेखी खडेरी परेका करण सरकारले सुख्खा क्षेत्र घोषणा गरेको थियो । कोल्हवी जस्तै अन्य पालिकाहरुले पनि यस्ता काम गर्न सके किसानहरुले राहत पाउने थिए ।

  • Leave a review