कलैयामा टिपरको ठक्करबाट छ वर्षीय बालिका गम्भीर घाइते

साझेदारी दैनिक
888 पाठक संख्या

कलैया । कलैयामा टिपरको ठक्करबाट छ वर्षीय बालिका गम्भीर घाइते भएकी छन्।

बाराको सदरमुकाम कलैयास्थित जिल्ला प्रहरी कार्यालय नजिकै बालमन्दिर स्कूल अगाडि ना १ क ८०५६ नम्बरको टिपरको ठक्करबाट छ वर्षीय बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर अवस्थामा रहेकी बालिकालाई उपचारका लागि बाराको एल.एस.न्युरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

उक्त टिपर र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य अगाडि बढाइएको छ । थप विवरण आउन बाकी रहेको छ ।

Leave a review