तराई, पहाड र हिमाललाई जोडने काम गर्नुपर्ने आजको आवश्यकताः प्रदेश प्रमुख अहिराज

साझेदारी दैनिक
772 पाठक संख्या

प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश अहिराजले तराई, पहाड र हिमाललाई जोडने काम गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन ।

बाराको कलैयामा सोमवार सुरक्षा निकाय तथा पत्रकारहरुसंग कोभिड १९ ले निम्ताएका समस्या र त्यसका समाधानका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अहिराजले यस्तो वताएका हुन ।

प्रदेश प्रमुख अहिराजलले राष्ट्र भक्तीका साथ शिरमा देश र मनमा मधेस राखेर काम गरे नेपाल र नेपालीहरु समृद्ध हुने बताए । उनले अहिले देश अभाव, अतिवादको चपेटामा परेको हुदा नागरिकमा सकारात्मक सन्देश प्रभाह गर्नेका लागि पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने जनाए ।

बिकास,सुशासन कायम गराउनका निमित र भष्टाचारलाई न्यूनीकरण गर्र्ने दिशमा एवम नागरिकको मनोवल उच्च बनाउनेमा पत्रकारहरुको कलम निरन्तर चलीरहनुपर्ने प्रदेश प्रमुख अहिराजको भनाई छ ।

प्रदेश प्रमुख अहिराजले प्रदेशभरीका नागरिकको जीउधनको रक्षासंगै बाच्न पाउने अधिकारको ग्यारेन्टी पनि आफनो काधमा रहेको स्मरण गराउदै बेतिथीलाई हटाउन र सभ्य समाज निर्माणका लागि आफु कुनै कसर बाकी नराखने प्रतिवद्धता जनाए ।

जिल्ला प्रशासन कार्यालय बाराको सभा हलमा आयोजित उक्त कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव धु्र्रर्व गैडा, बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक दिपेन्द्र शाही, शसस्त्र प्रहरी उपरिक्ष रबिनराज कर्णजित, राष्ट्रि«य अनुसंन्धानका प्रमुख रेबिन गच्छेदार, बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष रामबाबु मेहता, पत्रकारहरु उपेन्द्र ठाकुर, लक्ष्मी साह लगायतकाले पत्रकारहरुले भोग्दै आएका समस्याहरुको बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।

Leave a review

This will close in 0 seconds