वातावरण सरसफाई सम्बन्धी कार्यक्रमको भयो उद्घाटन

साझेदारी दैनिक
209 पाठक संख्या
oplus_2

बारा : शुभारम्भ सहयोग संस्था कलैया बाराको आयोजना तथा देवताल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पिप्राढीगोठ बाराको सहयोगमा बाराको देवताल गाउँपालिकामा वातावरण सरसफाई सम्बन्धी कार्यक्रमको उदघाटन गरिएको छ ।

देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।

वातावरण सरसफाई सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति रायले वातावरण स्वच्छ र सफा नभए विभिन्न रोगहरु लाग्ने भएकोले आफू वस्ने वरिपरिको वातावरण स्वच्छ र सफा राख्न अनुरोध गरे। स्वास्थ्य नै ठूलो धन रहेको उनको कथन थियो। स्वास्थ्य नै ठीक नभए काम गर्न असजिलो हुने उनको कथन थियो।

वातावरण सरसफाई सम्बन्धी कार्यक्रमको देवताल गाउँपालिका वडा नम्बर १ मा आयोजना गरिएको शुभारम्भ सहयोगी संस्थाका अध्यक्ष विनोद पडितले बताए ।

कार्यक्रममा देवताल गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख ललन पटेल,महिला सदस्य सम्भा देवी,वडा सचिव नन्दकिशोर साह,जिन्सी प्रमुख प्रविण यादव,भगत माली,नवलकिशोर यादव लगायतको उपस्थिति थियो।

Leave a review

This will close in 0 seconds