Sajhedari Daily
Latest News from Nepal

कोल्हवीमा माघी मिलन कार्यक्रम सम्पन्न

थारु समुदायको नयाँ वर्षको रुपमा मनाउदै आएको माघीको अवसरमा थारु पत्रकार संघ बाराले बुधवार माघी मिलन कार्यक्रम गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले उद्घाटन गरेका थिए । सो अवसरमा वोल्दै सांसद चौधरीले एकै ठाउँमा उभिएर थारु समुदाय अनेक विचारमा विभावित हुँदा थारुका खास मुद्धा ओझेल परेको बताएका छन ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, कोल्हवी नगरपालिकाका उपप्रमुख सुनैईनादेवी थरुनी, थारु कल्याणकारीणी सभाका जिल्ला सभापती रामप्रसाद चौधरी, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्याय, कोल्हवी नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष पुरनदेव प्रसाद चौधरी, थारु यूवा समाजसेवी बिरेन्द्र प्रसाद पनुहर, तामागढी वन व्यवस्थापन साझेदारीका अध्यक्ष रबिन्द्र पनुहर लगायतकाले सम्बोधन गरेका थिए ।

थारु पत्रकार संघ नेपाल बाराका जिल्ला अध्यक्ष जियालाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन ज्ञानेन्द्र चौधरी तथा मिनाक्षी चौधरीले गरेको थियो भने स्वागतम मन्तव्य नन्देश्वर चौधरीले गरेका थिए ।