रौतहटमा भेटियो एउटा झोले विद्यालय,कक्षा पाँचसम्म एउटै कोठामा

साझेदारी दैनिक
428 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटको बृन्दावन नगरपालिकामा एउटा झोले विद्यालय फेला परेको छ । जिल्लाको बृन्दावन नगरपालिका–२,बेनौलीमा रहेको एतबरिया देवी सीता साह प्राथमिक विद्यालय झोले विद्यालयको रूपमा रहेको देखिएको हो ।

कक्षा पाँच सम्म पढाइ हुने यो विद्यालयमा एउटा मात्र कक्षा कोठा रहेको पाईयो । विद्यालयमा एक सय ५० भन्दा बढी बिधार्थी अध्यनरत रहेको रेकर्ड देखिएपनि पनि मुस्किलले १० देखि १५ जना बिद्यार्थी मात्र पढ्न आउने गरेका छ्न ।

सञ्चारकर्मीको एक टोली मंगलवार विद्यालयको अनुगमन गर्न पुग्दा कक्षा १ र कक्ष २ गरि १० जना,कक्षा ३,४ र ५ मा जम्मा गरी ८ जना मात्र बिद्यार्थी उपस्थित रहेको भेटिएको छ । बिद्यार्थीको उपस्थिति संख्या एकदमै न्यून मात्रामा रहेकोले यस विद्यालयमा पढाइ राम्रो नहुने गरेको र यो विद्यालय झोले रहेको पुष्टि हुन्छ ।

प्रधानाध्यापक एक बालबिकास शिक्षिका र दुई जना शिक्षक गरी ४ जना शिक्षक शिक्षिका रहेपनी प्रधानाध्यापक कहिले काहीँ विद्यालयमा मात्र आउने गरेका छन । दुई जना शिक्षकको भरमा विद्यालय संचालन हुदै आएको छ । बालबिकास शिक्षिका राधा कुमारी साह प्रधानाध्यापक हरेन्द्र साहकी श्रीमती हुन ।

शिक्षिका राधा साह प्रअ साहको श्रीमती रहेको कारण उनी पनि कहिलेकाही मात्र विद्यालय आउने गरेकी छन । साह महिनामा दुई तीन दिन मात्र विद्यालय आउने गरेको र हाजिरी रजिस्ट्ररमा एक महिनाको हाजिरी बनाउने गरेको स्थानीयहरुले आरोप लगाएका छन ।

कक्षा कोठाको अभावमा एउटा कक्षा कोठामा कक्षा एकदेखि पाँचसम्मका बिद्यार्थीलाई राखेर पढाउनु पर्ने बाध्यता छ । विद्यालयमा बेन्च डेस्कको नाममा चार वटा बेन्च डेस्क मात्र रहेको पाइएको छ । ठाँउको अभावमा बिद्यार्थीहरु खुला आकाशमुनि भुईमा बोरा ओछ्याएर पढ्न बाध्य छन।

सो बिद्यालयमा भएको शौचालय पनि पÞmोहोरले प्रयोग बिहिन अवस्थामा रहेको भेटियो भने बिद्यालयमा कम्पाउण्ड वाल र विद्यालयको बोर्ड समेत नरहेको पाइएको एक संचारकर्मीले बताएका छन । विद्यालयको शौचालय सञ्चालन अवस्थामा नहुदा बिधार्थीहरु खुल्ला आकाशमा सौच बाध्य रहेका छन ।

यो विद्यालयका प्रधानाध्यापक हरेन्द्र साह विद्यालय लाई कमाउ खाने भाडो बनाएको तथा आफ्ना निजि सम्पत्ति जस्तो कब्जा गरेको र पढईको अवस्था एकदमै कमजोर बनाएको कारण अभिभावकहरुले स्थानीयले विद्यालयमा मंगलवार तालाबन्दी गरेका छन ।

प्रधानाध्यापक साहले विद्यालयको आर्थिक र प्रशासनिक रकम हिनामिना गरेको,बिगत चार वर्ष देखि विद्यालयको हिसाब किताब न दिएको,हिसाब किताब माग्दा अटेरी गरेको र आफनै मन लाग्दी तरिकाले विद्यालय संचालन गर्दै आएको कारण बाध्य भएर स्थानीय र अभिभावकहरुले सो विद्यालयमा तालाबन्दी गरेका छ्न।

प्रधानाध्यापक साहले यस बिद्यालयका बालबालिकालाई चार वर्षदेखि दिवा खाजा नखुवाई दिवा खाजाको रकम हिनामिना गरेको,चार वर्षदेखि बिधार्थीलाई छात्रवृत्ति र विद्यालय पोषाक नदिएको अभिभावकहरुको आरोप छ।

प्रधानाध्यापक साहले विद्यालय व्यवस्थापन समितिसमेत विघटन गरि विद्यालयमा बिद्यार्थीहरुको लागि आउने अनुदान रकम व्यापक हिनामिना गरेको सो हिसाब आफुहरु माग्दा हिसाब दिन अटेरी गर्ने गरेको स्थानीयहरुले बताएका छन ।

२०७४ सालमा यस विद्यालयको स्थापना गर्न स्थानीय सीता साहको श्रीमती एतबरिया देवीले आफ्ना करोडौं मुल्यको दश कठ्ठा जग्गा विद्यालयको नाममा निशुल्क दान गरेकी थिइन ।

जग्गा दाता एतबरिया देवी स्थापना कालदेखि २०७८ सालसम्म यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहेकी थिइन । समितिको अध्यक्ष एतबरिया देवी हुदा आर्थिक रकम हिनामिना गर्न न पाउदा प्रधानाध्यापक साहले दुई वर्ष अघि बिना कुनै सुचना समिति नै विघटन गरेका थिए ।

समिति विघटन भएपछि प्रधानाध्यापक साहले बिगत दुई वर्षदेखि आफ्ना मनोमानी तरिकाले विद्यालय सञ्चालन गर्दै आएको स्थानीयहरुको भनाइ छ।

बिद्यालयमा आउने दिवा खाजा,छात्रवृत्ति,विद्यालय पोषाक लगाएतका शीर्षकमा प्रधानाध्यापक साहले ब्यापाक हिनामिना गरेको हुनाले सो रकम पार्दशी गर्नुपर्ने माग राख्दै आफुहरु विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको अभिभावकहरुले बताएका छ्न ।

आफुहरुको माग सम्बोधन नभइ बल जबर्जस्ती ताल्चा खोल्ने कसैले कुचेष्टा गरे परिणाम न राम्रो हुने अभिभावक र स्थानीयहरुले चेतावनी दिएका छन।

यस विषयमा प्रधानाध्यापक हरिन्द्र साहसंग प्रतिक्रिया लिदा दिवा खाजा,छात्रवृत्ति,विद्यालय पोसाक लगाएतको रकममा आफू कुनै प्रकारको हिनामिना न गरेको बताएका छन । २०८० साल बैशाखसम्म दिवा खाजा खुवाएको र स्थानीयहरुले अवरोध गरेका कारण गत जेठदेखि दिवा खाजा खुवाउन नसकेको प्रअ साहले बताए।

व्यवस्थापन समितिको अध्यक्ष एतबरिया देवी हुदा विद्यालय सञ्चालन गर्न सरकारले उपलब्ध गराउने अनुदान रकमनै दिन आलटाल गर्ने गरेको कारण समिति विघटन गर्नुपरेको उनले बताए ।

शिक्षकहरुको तलब भुक्तानीका लागि आउने रकम शिक्षकहरुलाईनै नदिन अध्यक्ष एतबरिया देवीले आलटाल गर्दा शिक्षकहरुको तलब दिन समस्या हुने गरेको कारण बाध्य भएर समिति विघटन गर्नुपरेको उनले बताए ।

केही स्थानीयहरुको उक्साहटमा एतबरिया देवीले आफुमाथी विभिन्न आरोप लगाई आफुलाई बदनाम गर्न खोजेको उनले बताए ।

सो बिद्यालय जसरी भएनी बन्द होस भन्ने चाहनेहरुले अनावश्यक हस्तक्षेप गरेको कारण यस विद्यालयमा आउने अनुदान रकम रोकिएको कारण विद्यालयको पुर्वाधारदेखि अन्य समग्र अवस्था सुधार गर्न नसकिएको उनले बताए ।

Leave a review