करैयामाई गोल्डकप : एन जे जे वाइ सि सिमरा भयो बिजयी

साझेदारी दैनिक
550 पाठक संख्या

कोल्हवी : धीरेन्द्र पनुहर / बाराको करैयामाई गाउँपालिका – ७ उमजनमा जारी दोस्रो करैयामाई गोल्डकप २०८२ अन्तर्गत मंगलबार भएको खेलमा जे जे वाइ सि सिमरा विजयी भएको छ।

उसले सनराइजिङ युवा क्लब उमजनलाई शून्यको विरुद्ध एक गोलले पराजित गरेको हो। खेलको दोस्रो हाफको अन्तिम समयमा सिमराका जर्सी न ९ का रबिन चौधरीले एक गोल गरे। सोही गोल निर्णायक रहेको हो।

खेलको मैन अफ द म्याच सिमराका रबिन चौधरी घोषित भएको हो। उनलाई जसपा नेपाल बारा जिल्ला कमिटी सदस्य रामनारायण साहले पुरस्कार प्रदान गरेका हुन्।

प्रतियोगिता अन्तर्गत बुधवार ए पि एफ र आयोजकको बिरुद्ध खेल हुने आयोजक क्लबका सचिव गोपाल प्रसाद चौधरीले जानकारी दिए।

Leave a review

This will close in 0 seconds