बिद्यालमा छात्रवृत्ति बितरण तथा बिदाई कार्यक्रम

साझेदारी दैनिक
345 पाठक संख्या

जीतपुर : बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित नेपाल माध्यमिक बिद्यालमा छात्रवृत्ति बितरण तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष सुवास श्रेष्ठले कक्षा १ देखि ५ सम्मका ६५ जना बिद्यार्थीहरुलाई नगद छात्रवृत्ति तथा शैक्षिक सामग्री बितरण गरिएको बिद्यालयले जनाएको छ । साथै उक्त कार्यक्रममा बिगत लामो समय देखि पढाउँदैँ आनुभएका प्रा.बि शिक्षिका गिता थापाको बिदाई पनि गरिएको छ । उहाँ उमेर हदको कारण सेवा निबृत हुनुभएको हो ।

वडा अध्यक्ष श्रेष्ठलाई पनि सोही स्कुलमा बाल्यकालमा पढाउँनुभएकी शिक्षिका थापाको बिदाईमा वडा अध्यक्ष श्रेष्ठ भाबुक बनेका थिए । उहाँले शिक्षिका थापाले पुरयाउँनुभएको योग्दानको चर्चा गर्दै सेवा निबृत जीवन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

Leave a review

This will close in 0 seconds