Sajhedari Daily
Latest News from Nepal

काठ तस्करीमा सक्रिय रुपमा संलग्न काठ तस्कर पक्राउ

रञ्जन यादब/
बारामा लामो समय देखि काठ तस्करीमा सक्रिय रुपमा संलग्न काठ तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ बस्ने बर्ष ३६ का अमर लामा रहेका छन् ।

प्रहरीले उनलाई काठ तस्करी गरिरहेकै अवस्थामा मधुबनको मिलन चौँकबाट एक थान सालको काठ सहित पक्राउ गरेको डिभिजन बन कार्यालय बारा ,सिमराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।

बन काठ तस्करी मुद्धामा उनी फरार प्रतिवादीको सुचिमा रहेका थिए । अभियुक्त लामालाई पक्राउँ गर्ने पुर्जि जारि गरिएपनि उनी लुकीछिपी बस्दै आएका थिए ।

दसैँ बिदाको समयमा पनि डिभिजन बन कार्यालय बाराले बिशेष गस्ती टोलि परिचालन गरी बनको सुरक्षा गरिरहेको डिभिजन प्रमुख अहमदले जानकारी दिनुभयो ।