कलैया सिटी जेसिज वर्ष २०२५ का लागि निर्वाचित भए ओमप्रकाश कुमार सरार्फ

संदिप प्रसाद यादव
201 पाठक संख्या

कलैया :कलैया सिटी जेसिज वर्ष २०२५ का लागि ओमप्रकाशकुमार सरार्फ निर्वाचित भएका छन्।

बाराको सदरमुकाम कलैयाको मुख्य भरत चौकस्थित उद्योग वाणिज्य संघ बाराको सभा हलमा शुक्रबार एक कार्यक्रम बिच कलैया सिटी जेसिजको १५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट वर्ष २०२५ का लागि सरार्फ निर्वाचित भएका हुन्।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसि धर्मेन्द्र प्रसाद यादव र संजय कुशवाहा निर्विरोध निर्वाचित भएका हुन्।

त्यसैगरी उपाध्यक्षमा संदिप प्रसाद यादव,मुकेश कुमार स्वर्णकार,उमेशकुमार साह र अरविन्द साह पनि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुभाष जैसवालले जानकारी दिएका छन् ।

सो अधिवेशनबाट २०२५ का लागि नयाँ कार्य समिति चयन भएको उनले बताए ।

२०२४ का अध्यक्ष जेसी पवन कुशवाहाको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा पूर्व अध्यक्ष,बोर्डका सदस्य,संस्थापक अध्यक्ष,जेसिज सदस्य तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Leave a review