साढे ३ किलोमिटर सडक धुलाम्य बनेपछि स्थानीयबासीद्वारा सडकमा टायर बालेर प्रदर्शन

साझेदारी दैनिक
356 पाठक संख्या

कलैया : बाराको सदरमुकाम कलैया जोड्ने साढे ३ किलोमिटर सडकका कारण सधै झै विरोध र प्रर्दशन हुने गरेको छ ।

केही दिनदेखी लागेको चर्को घाम र गर्मीले गर्दा सडक धुलाम्य बनेपछि स्थानीयबासीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । सडकमा अध्याधिक धुलो उड्न थालेपछि बुधवार स्थानीयहरुले टायर बालेर प्रर्दशन गरेका हुन ।

बाराको मानवत–मटिअर्वा सडकखण्ड अन्तर्गत लामो समयदेखि निर्माणाधीन रहेको करिब साढे ३ किलोमिटर सडक धुलाम्य बनेपछि स्थानीयबासीहरुले राम जानकी मन्दिर नजिकै बुधबार सडकमा टायर बालेर अवरुद्ध गरेका छन् ।

सडकमा दैनिक गाडीको चाप बढेको छ,गाडी हिडेपछी सडक ९ बजे राती सम्म धुलाम्य हुने गरेको उनले दुखसो पोखे । कि सडक बन्नु प¥यो कि सडकमा दैनिक पानी पाल्नु प¥यो एक स्थानीयले गुनासो गरे ।

बर्षायाममा हिलोमा हिड्नु पर्ने अनि चर्को घाममा धुलो खाएर हिड्नु पर्ने बिडम्बना कलैयाबासीको छ । यो सडक भएर दैनिक आवत जावत गर्नेहरुलाई सडकको अवस्थाका कारण दैनिक आवतजावतमा समस्या भइरहेको छ ।

धुलोका कारण स्वास्थ्यमा असर परिरहेको र सम्बन्धित निकायबाट पटक–पटक अनुरोध गर्दा पनि कुनै सुधार नभएको भन्दै स्थानीयले आक्रोश पोखेका हुन्।

प्रदर्शनको कारणले गर्दा केही समय सडक अवरुद्ध भएको थियो। मानवत–मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया सडक खण्डको संस्कार एफ.एमदेखि दुर्गा उच्च माध्यमिक विद्यालय बरेवासम्म साढे तीन किलोमिटर सडक निर्माण हुन बाँकी छ ।

सडकको समस्याको विषयलाई लिएर पटक पटक प्रर्दशन र विरोध हुने तर सडक बन्ने आश्वासन मात्र स्थानीयहरुले पाउने गरेका छन । समस्या वारे नगरप्रमुख,प्रदेश सांसद,संघीय सांसद,मुख्यमन्त्री, डक तथा पुर्वधारमन्त्रीदेखी यसै जिल्लावासी उपराष्टपति समेत जानकार छन । सवैबाट समस्या सावधानका लागि पहल गर्ने आश्वासन मात्र बाड्ने काम भईरहेको छ तर समस्या भने ज्युका त्यहु रहेको स्थानीयहरुको आरोप छ ।

Leave a review