ज्योतिष परिषद्को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न, आचार्य अध्यक्षमा चयन

साझेदारी दैनिक
312 पाठक संख्या

भरतपुर । चितवनको देवघाटधामस्थित हरिकीर्तन वैदिक धर्मशालामा सम्पन्न ज्योतिष परिषद् नेपालको प्रथम राष्ट्रिय महाधिवेशनले संस्थाको भावी दिशानिर्देश तय गर्दै नयाँ केन्द्रीय नेतृत्व चयन गरेको छ। महाधिवेशनले दाङका मेघराज आचार्यलाई अध्यक्षमा निर्वाचित गर्दै परिषद्लाई औपचारिक राष्ट्रिय संरचनामा अघि बढाएको छ।

नवनिर्वाचित कार्यसमितिमा भूपेन्द्रराज घिमिरे (चितवन) वरिष्ठ उपाध्यक्ष तथा सावित्री अधिकारी (चितवन) महिला उपाध्यक्ष चयन हुनुभएको छ। उपाध्यक्षको जिम्मेवारीमा देशका विभिन्न भू–भागबाट प्रतिनिधित्व हुने गरी माधव सापकोटा (चितवन), हृदयराज बजगाईं (कञ्चनपुर), कमलप्रसाद भट्टराई (दाङ), गंगाप्रसाद उपाध्याय ‘शङ्कर’ (जुम्ला), मीनप्रसाद भट्टराई (गोरखा), श्रीकृष्ण गौतम (तेह्रथुम) र पीताम्बर पौडेल (बारा) चयन भएका छन्।

महासचिवमा केशव गौतम (दाङ) निर्वाचित हुँदा उपमहासचिवको जिम्मेवारी लवहरि अधिकारी (मकवानपुर)ले पाउनुभएको छ। सचिवमा रामशरण सिंंखडा (चितवन) र सहसचिवमा बालकृष्ण घिमिरे (मकवानपुर) चयन भएका छन्। आर्थिक व्यवस्थापनतर्फ कोषाध्यक्षमा भूपेन्द्र पौडेल (मकवानपुर) र सहकोषाध्यक्षमा कमलप्रसाद कोइराला (चितवन) निर्वाचित हुनुभएको छ। प्रचार सचिवको जिम्मेवारी विदुर पोखरेल ‘कल्की’ (गोरखा)लाई दिइएको छ।

यसैगरी केन्द्रीय सदस्यका रूपमा थानेश्वर रिजाल (सुर्खेत), कृष्णप्रसाद पराजुली (स्याङ्जा), गोकर्णहरि दाहाल (काठमाडौँ), सरिता खनाल हुमागाईं (नवलपुर), तुलसा आचार्य (रोल्पा), विष्णु देवकोटा (रूकुमपूर्व), वसन्ती नहर्की (तनहुँ), कृष्णप्रसाद अर्याल (नवलपरासी), देवीलाल सुवेदी (स्याङ्जा), हीराचन्द्र बराल (कैलाली), पूर्णप्रसाद पँगेनी (कास्की), दुर्गाबहादुर कुँवर (काठमाडौँ), मदन शर्मा (रूकुमपूर्व), स्थानेश्वर न्यौपाने (प्युठान) र आनन्दप्रसाद भुसाल (कपिलवस्तु) निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृत अधिवक्ता मणिराज आचार्य ‘मौसम’का अनुसार महाधिवेशन सहमतिमै सम्पन्न भएको हो। नयाँ नेतृत्वसँगै परिषद्ले वैदिक ज्योतिष, अनुसन्धान, प्रशिक्षण र पेशागत मर्यादा प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave a review

This will close in 0 seconds