जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ नसिमनगर स्थित मर्दसालाई आफुले जग्गा नदिरहेको कुरा झुठो भएको प्रष्ट पारिएको छ ।
जीतपुरमा राजुराज गिरीले हिीबार पत्रकार सम्मेलन मार्फत सो कुरा प्रष्ट पारेका हुन् । मदर्साका ब्यवस्थापन समितिका अध्यक्ष अयुब खान र वडा नं.७ का अध्यक्ष सुनिल गुप्ताले लगायतले लगाएको आरोपमा कुनै तुक नभएको गिरीले बताएका हुन् ।
आफु अहिले मदर्साले हकभोग गरिआएको त्यो जग्गा मदर्सालाई पास गर्न तयार रहेको बताए । मालपोत र नापीबाट नै त्यो जग्गा पास गर्ने ईच्छा हुँदाहुँदै रितपुर्बक जग्गा कम भएर मदर्साको नाममा जान नसकेको उनले बताए ।
अहिले पनि मेरो त्यो जग्गा मदर्साले हकभोग गरिरहेको छ । मैले कुनै दाबी गरेको छैन् । त्यो जग्गा नियमकानुनले नै मदर्साको नाममा जान नसकिरहेको अवस्थामा म दोषि कसरी भए उनले पत्रकार सम्मेलनमा प्रश्न गरे । अहिले पनि म कागज गरेर मदर्सालाई दिन तयार छु, उनले भने ।
सुरु देखि नै मलाई बदनाम गर्न लागेका ,मेरो घर तोडफोड गर्नमा लागेको उनले आरोप लगाए । उसका नराम्रो कामको बिरोध गर्दा दुशमन सरह ब्यवहार गरेर वडाको सिफारिस समेत रोक्ने ब्यक्तिको योजनामा मदर्साको पत्रकार सम्मेलन भएको उनको तर्क थियो ।
उनले भने ,मदर्साको पत्रकार सम्मेलनमा सम्मेलनमा सर्बदलीय मान्छे हुनुपर्ने हो नि,एउटै पाटिको ४ जना मान्छे बोलेको छ,मेरो खेदो खनेको छ,गिरीले भने ।

