सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को वडा कार्यालयले कृषकहरुका लागि विभिन्न कृषि यन्त्र सामाग्रीहरु विहीबार र शुक्रवार वितरण गरेको छ ।
वडा कार्यालयले किसानहरुलाई सिचाई सुविधाको लागि आ ब ०८१/ ८२ को वडा स्तरिय योजनाको ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकिकरण कार्यक्रम अन्तरगत उक्त सामाग्रीहरु वितरण गरिएको हो ।

सो कार्यक्रम अन्तरगताकार्यक्रम अन्तरगत कृषि मोटर,स्पे्र ईलोक्ट्रोनिकस टंकी,पम्पिसेट लगायतका सामाग्रीहरु वितरण गरेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले समुहमा ३० वटा कृषि मोटर र व्यक्तिगत रुपमा ३८ वटा कृषि मोटर वितरण गरिएको वडा नम्बर १७ का वडाअध्यक्ष भिम बहादुर गंतान लामाले बताएका छन ।
यसैगरी मथियाहीमा दुई थान कृषि पम्पिसेट र १७५ थान ईलोक्ट्रोनिक स्प्रे टंकी वितरण गरिएको वडा अध्यक्ष लामाले बताए । वडा कायालयले हरेक बर्ष यसरी ५०% अनुदानमा कृषि यन्त्रहरु वितरण गर्दै आईरहेको वडा अध्यक्ष लामाले बताए । कृषि सामाग्रीहरु पाएपछि किसानहरुलाई सिचाई गर्नमा र विषादी छर्नमा सहज हुने वडा सदस्य प्रदिप चौधरीले बताए।

कृषि मोटरका लागि धेरै किसानहरुको आवेदन आएकाले गोलाप्रथाबाट किसानहरु छनौट गरि कृषि मोटर वितरण गरिएको वडा नम्बर १७ की वडा सचिव निरु कार्कीले बताईन ।
वडाअध्यक्ष लामाको अध्यक्षतामा भएको उक्त सामाग्री वितरण कार्यक्रमको संचालन वडा कार्यालयका कम्प्युटर अपरेटर राजेश चौधरीले गरेका थिए ।


