स्रोत नखुलेको रकमसहित सुरज कुशवाहा पक्राउ

साझेदारी दैनिक
640 पाठक संख्या

कलैया : बारा प्रहरीले श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ का २० वर्षीय सुरज कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

बाराको जितपुर सिमरा उपमहानगरपालिका – २ एयरपोर्ट रोड स्थितमा बिशेष सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीको कमाण्डमा खटिएको टोलिले उनलाई पक्राउ गरिएको हो।

सुरजले कालो रंगको भिर्ने झोला पिठ्युमा बोकी शंकस्पद तरिकाले सिमरा चौक देखि एयरपोर्ट तर्फ जादैँ गरेको अवस्थामा निजलाई रोकी निजले बोकेको कालो रंगको भिर्ने झोला तथा निजको शरीर प्रहरीले कानून बमोजिम खानतलासी गरेको हो।

उक्त झोला भित्र स्रोत नखुलेको नगद ने.रु.१००० दरको नोट १०६७ थान,ने.रु.५०० दरको नोट ४८० थान र ने.रु १०० दरको नोट ५ थान समेत गरी जम्मा ने.रु.तेह्र लाख सात हजार पाँच सय रुपैँया र बिभिन्न बिल भौचर कागजातहरु प्रहरीले बरामद गरेको हो।

सागर मनि ट्रान्सफर बीरगंज लेखिएको स्टाम्प समेत फेला पारी कानून बमोजिम हुण्डी कारोबार सम्बन्धि शिर्षकमा मुद्दा दर्ता भई आवश्यक अनसुन्धान कार्य भईरहेको पण्डितले जानकारी दिए।

Leave a review