बारामा मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बा ७५ प ५४५१ नम्बरको मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका १ बस्ने अन्दाजी ३० वर्षीय आदेश लामा रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
प्रवक्ता सापकोटाका अनुसार जितपुरसिमरा उपमहानगरपालिका – १ पथलैया चोक स्थित पथलैयाबाट सिमरा तर्फ जादै गरेको बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलले पैदल यात्री मकवानपुर हेटौडा उपमहानगरपालिका – १५ बस्ने शिबलाल रुम्बाको छोरा अन्दाजी २१ वर्षीय रिकेश रुम्बालाई ठक्कर दिदा उनी घाइते भएका हुन् ।
उनको शरिरको बिभिन्न भागमा चोट लागि अवस्था मध्यम उनले बताए ।
मोटरसाइकल चालक जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – १ बस्ने अन्दाजी ३० वर्षीय आदेश लामा उछिट्टिन गई सडक पेटीमा रोकी राखेको ना ६४ प ४७५२ नम्बरको मोटरसाइकलमा ठक्कर लागी गम्भीर घाईते भई दुबै घाईतेलाई उपचारको लागी बयोधा अस्पताल वीरगंज लगिएकोमा लामाको ज्यान गएको हो ।
ना ६४ प ४७५२ नम्बरको मोटरसाइकल चालक पर्साको बहादुरमाई नगरपालिका – ६ बस्ने ४५ वर्षीय नन्दलाल महतोलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको प्रवक्ता सापकोटाले बताए ।

