कलैया : जिल्ला प्रशासन कार्यालय बाराले असार १ गते देखि लागु हुने गरी राष्ट्रिय परिचयपत्र वितरणको समय परिवर्तन गरेको छ।
सेवाग्राहीको अत्याधिक चापका कारण राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह सम्बन्धी २०८२ जेठ ०५ गते प्रकाशित सूचना बमोजिम सेवा प्रवाह भइरहेकोमा सो समय रिवर्तन भएको हो।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी आइतबार देखि समय परिवर्तन जानकारी दिएका छन् ।
सार्वजनिक बिदाका दिन बाहेक विहान ७ः३० बजेदेखि साँझ ७ः०० बजेसम्म कायम गरिएकोमा हाल सेवाग्राहीको चाप क्रमशः कम हुँदै गएकोले आइतबार देखि विहान १०ः०० बजे देखि साँझ ५ः०० बजे सम्म (सार्वजनिक बिदाका दिन बाहेक) हुने भट्टराईले बताए।
स्थगित गरिएको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण सम्बन्धी कार्य प्रत्येक दिन हुने उनले जनाए।


