Sajhedari Daily
Latest News from Nepal

रौतहटको कटहरिया स्थित फतेपुरमा निशुल्क आँखा शिविर संचालन

रौशन चौधरी /
रौतहट जिल्ला कटहरिया नगरपालिकाको वडा नम्बर ६ फतेपुरमा बुधवार निशुल्क आँखा शिविर संचालन गरिएको छ ।
प्रकाशजीत आई हस्पिटल एण्ड नर्सिङ होम प्रालीको आयोजना उक्त शिविर संचालन गरिएको हो । शिविरमा डा. संजय कुमार साह र शिवनरेश गुप्ताले विरामीहरुको चेकजाँच गरेका थिए ।

शिविरमा करिब एक सय ३० जनाले आँखा चेकजाँज गराएका थिए । जसमध्य ४० जानामा मोतिया विन्दुको समस्या रहेको र वाँकी ९० जाना सामान्य बिरामी रहेको आयोजक हस्पीटलले जनाएको छ ।

मोतिया बिन्दुको सल्यक्रियामा सहुलियत दिने र औषधिमा समेत १५ प्रतिशत छुट दिने प्रकाशजीत आई हस्पिटलका सञ्चालक डा.संजय कुमार साह वताएका छन । तर अति विपन्न र असाहायहरुलाई निशुल्क अप्रेसन गरिने डा. साहले जनाए ।

Comments are closed.

error: Content is protected !!