कोल्हवीमा हरेक बर्ष लाग्ने माघी महोत्सव यो बर्ष पनि लाग्दै

साझेदारी दैनिक
200 पाठक संख्या

धिरेन्द्र पनुहर/

बाराको कोल्हवीमा हरेक बर्ष लाग्ने माघी महोत्सव यो बर्ष पनि लाग्ने जनाईएको छ ।

थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति बाराको आयोजनामा हुने उक्त महोत्वसको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

शुक्रबार कोल्हवी नगरपालिका वडा नम्बर ११ मा रहेको चरमन्त रंगशाला मा थारु माघी संस्कृति महोत्सव २०८० को बिस्तृत जानकारी पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ ।

उक्त महोत्सवको अनुमानित बजेट १० लाख २५ हजारको रहेको जानकारी गराउनु भएको थियोे । महोत्सव अन्तर्गत पौष २९ गते रक्तदान कार्यक्रम,माघ १ गते उदघाटन स्थानीय नृत्य र झाकी प्रदर्शन,माघ २ गते थारु गायिका अन्जु कुस्मिको प्रस्तुति को साथ साथै स्थानीय कलाकारहरूको झाँकी तथा नृत्य त्यस्तै माघ ३ गते नवलपरासीको थारु ठकारा डान्स र प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवलाई थप ब्यस्थित बनाउन विभिन्न उप समितिहरु बनाइएको छ । महोत्सवमा विभिन्न किसिमका थारू परिकार को लागि विभिन्न स्टलहरु साथ साथै विभिन्न खेल तमास र झुलाहरु पनि रहेको छ ।

थारु कल्याणकाराी बाराका सभापति रामप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उक्त पत्रकार सम्मेलनमा कोल्हवी नगरपालिका का नगर प्रमुख रामप्रसाद चौधरी, बिशिस्ट अतिथिमा नगर उप प्रमुख लक्ष्मी कुमारी चौधरी, अतिथि बारा था. क. स. जिल्ला कोषाध्यक्ष बासु चौधरी, सचिव यादव कृष्ण चौधरी,जिल्ला सदस्य संजय चौधरी,नगर कमिटी सभापति रामनाथ चौधरी,थारु अगुवाहरू सुरेश बाबू चौधरी,राजकुमार चौधरी,रामबाबु चौधरी,देवानन्द चौधरी,रामकिशुन चौधरी,रत्नमाला चौधरी लगायतको उपस्थित रहेको थियोे ।

उक्त महोत्सवमा उद्घाटनको लागि प्रमुख अतिथि पुर्व मन्त्री एवम् पुर्व थारु केन्द्रिय सल्लाहकार उमाकान्त चौधरी आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Leave a review

This will close in 0 seconds