ईप्रकाले सिमराले राष्ट्रिय परिचयपत्र दर्ता समय परिमार्जन

साझेदारी दैनिक
475 पाठक संख्या

जीतपुर । ईलाका प्रशासन कार्यालय सिमराले राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा समय परिमार्जन गरेको छ ।

कार्यालयले मंगलबार एक सूचना जारी गर्दै असार ४ गतेदेखि लागू हुने गरी नयाँ समय अनुसार सेवा प्रवाह हुने जनाएको छ ।

ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख तेजराज शर्माद्धारा हस्ताक्षरित सूचनामा यसअघि बिहान ७ः३० बजेदेखि बेलुका ७ः३० बजेसम्म सञ्चालन हुँदै आएको विवरण दर्ता कार्यलाई बुधबारदेखि बिहान १० बजे देखि साँझ ६ः३० बजेसम्म मात्र सेवा दिने गरी संशोधन गरिएको जनाइएको छ ।

Leave a review