१५औं राष्ट्रिय सूचना दिवसको अवसरमा दिपप्रज्वलन

श्यामबाबु यादव
628 पाठक संख्या

१५ औं राष्ट्रिय सूचना दिवसको अवसरमा बाराको कलैयामा विहिवार दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

सूचना हाम्रो अधिकार,सुशासन र विकासको आधार भन्ने मुल नाराका साथ सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल प्रदेश नं.२ कार्यसमिति तथा जिल्ला कार्यसमिति बाराले उक्त दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।

सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनको १५ औँ वर्षको अवसरमा उक्त दिवस मनाउदै कलैयाको मुख्य चौकमा बिभिन्न नारा सहितको प्ले कार्ड सहित मैनबत्ती प्रज्जवलन गरीएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल प्रदेश नं.२ कार्यसमितिका संयोजक सन्तोष पाण्डेले सबै नागरिकले आफ्नो र सार्वजनिक सरोकारको सुचनाको बारेमा जान्न पाउने अधिकार रहेकोले सूचनाको हक आम नागरिको औजार भएको बताएका छन ।

उनले सूचनाको अधिकारलाई हरेक नागरिकले प्रयोग गरी सार्बजनिक निकायलाई जवाफदेही तथा असल शासन कायम गरी पारदशिता बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन ।

जिल्ला सञ्जाल बाराका संयोजक सरर्फुल्ला अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश नं.२ कार्यसमितिका सदस्य सचिव मुकेश कुशवाहा,जिल्ला संजालकी सहसंयोजक सावित्री शर्मा, सूचना अभियन्ताहरु ंिपंकी यादव ,रिमा चौधरी ,सर्ला जयसवाल लगायतकाले सम्बोधन गरेका थिए ।

Leave a review

This will close in 0 seconds