भ्रष्टाचार विरोधी अभियानमा जुट्यो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

साझेदारी दैनिक
549 पाठक संख्या

कलैया : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बिहीबार देखि भ्रष्टाचार विरुद्ध अभियानमा जुटेको छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो। गत पीबी बैठकको निर्णय अनुसार २०८२ साल असार ५ गतेदेखि देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरिरहेकोले भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन जनसमुदाय सँग अनुरोध गरेको छ।

देशको सबै क्षेत्रमा व्यापक भ्रष्टाचार भइरहेकोले यसलाई समाप्त गर्ने उद्देश्यले पार्टीले अभियान सञ्चालन गरेको हो। देशको सत्तारुढ तथा प्रतिपक्षी पार्टी लगायत सबै क्षेत्रले भ्रष्टाचारलाई संस्थागत गर्दै लगेकोले यसलाई समाप्त गर्न सबैको साथ आवश्यक रहेको सो पार्टीले जनाएको छ।

देश भ्रष्टाचारबाट आक्रान्त भएको र देशमा भ्रष्टाचार नभएको र नहुने कुनै निकाय नभएको सो दलले जनाएको छ। मन्त्रालय,प्रशासनिक तथा स्थानीय निकायहरू,अड्डा अदालत,प्रहरी प्रशासन,विकास निर्माणक काम जहाँ जाउँ त्यहाँ भ्रष्टाचार र घुसखोरी ब्याप्त रहेको र घुस नदिँदासम्म जनताले सामान्य एउटा सिफारिस पनि पाउने नगरेको उसले जनाएको हो।

भ्रष्टाचारलाई नियन्त्रण गर्ने निकाय देशको सरकार भएता पनि स्वयम् सरकार भ्रष्टाचारमा संलग्न रहँदै आएको उक्त पार्टीको आरोप रहेको छ।सरकारमा सामेल भएका मात्र होइन,केही अपवाद बाहेक प्रतिपक्षमा रहेका राजनीतिक पार्टीका नेताहरु समेत भ्रष्टाचारवाट मुक्त नरहेको र यस्को उदाहरण भुटानीकरण काण्ड ललिता निवास काण्ड,सहकारी ठगी काण्ड,गिरीबन्धु टिस्टेट काण्ड, भिजिट भिसा काण्ड लगायत दर्जनौं काण्डहरू रहेको जनाइएको छ।

सरकारमा र अहिले प्रतिपक्षमा रहेका पार्टीका नेताहरु समेत संस्थागत भ्रष्टाचारको पक्षमा भएको हुनाले आम जनता नै भ्रष्टाचारीका विरुद्ध संघर्षमा नउत्रिएसम्म देशमा भ्रष्टाचार कम हुनेवाला नभएकोले भ्रष्टाचारका विरुद्ध अभियान सञ्चालन गर्न आवश्यक रहेको सो दलले जनाएको छ। भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन र विभिन्न ढंगबाट यर अभियानलाई सहयोग गर्न उसले सम्पूर्ण जनसमुदायसँग अपील गरेको छ।

Leave a review