नेरामावि खम्वाको दुई कोठे भवनको शिलान्यास

साझेदारी दैनिक
साझेदारी दैनिक 335 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नम्बर १५ खाम्वामा रहेका नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालय खामवाको दुई कोठे भवन निर्माणको शिलान्यास गरिएको छ ।

विद्यालयको दुई कोठे विद्यालय भवनको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव वैदिक विधिद्वारा शिलान्यास गरेका हुन ।

कुल रु. २८ लाख ७४ हजारको लागतमा निर्माण उक्त दुई कोठे भवनको निर्माण हुने विद्यालयले जानकारी गराएको छ ।
उक्त शिलान्यास कार्यक्रममा विद्यालय व्यवश्थापन समितिका सदस्यहरु , विद्यालयका शिक्षक शिक्षिकाहरु, स्थानीय भद्रभलादमीहरु लगायतको उपस्थिति रहेको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review