उप-राष्ट्रपति यादवद्वारा गढीमाई मन्दिरमा पूजाआजा

साझेदारी दैनिक
299 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ विश्व प्रसिद्ध गढीमाई पञ्चबर्षीय मेलाको अवसरमा नेपाल सरकारका उप राष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार बिहान गढीमाई मन्दिरमा दशर्न तथा पूजाआजा गरेका छन।

उपराष्ट्रपति यादव हेलीकप्टरबाट बिहान गढीमाई मन्दिरमा पूजाआजा गर्न पुगेका थिए । उक्त अवसरमा उपराष्ट्रपति यादवले पञ्चबर्षीय गढीमाई मेलाको अवलोकन तथा निरीक्षण समेत गरेका छन ।

गढीमाई मन्दिर पूजापाठ गर्न आएका उपराष्ट्रपति यादवलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख एवम् मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले भब्य स्वागत गरेका थिए ।

मंसिर १ गतेदेखि शुरु भएको मेला भर्न प्रदेश सरकारका मन्त्री तथा नेपाल सरकारका उच्च पदाधिकारीहरु समेत आउने क्रम जारी रहेको छ ।

गढीमाई पञ्चबर्षीय मेलामा यही मंसिर २३ गते राँगा र मंसिर २४ गते बोकको बलि दिइने कार्यक्रम रहेको मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख यादवले जानकारी दिएका छन ।

गढीमाई मेला भर्न नेपाल,भारत लगायतका स्थानबाट भक्तजनहरु आउने क्रम समेत जारी रहेको छ । दैनिक हजारौको संख्यामा दर्शनार्थीहरु गढीमाई मन्दिरमा दर्शन गरी रहेको मन्दिरका मुख्य पूजारी मंगल चौधरीले जानकारी दिएका छन ।

गढीमाई मेलामा आउने भक्तजनहरुको लागि निःशुल्क खानाको समेत ब्यवस्था गरिएको छ ।

मेलामा आउनेहरुको सुरक्षाका लागि ठुलो संख्यामा नेपाल प्रहरी,सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिएका छन । यता गढीमाई मन्दिरमा बलीका लागी रांगा ल्याउन शुरु गरेका छन ।

मेला भर्न आउने दर्शनार्थीहरुको स्वागतका लागि जिल्लाको सबै बाटोघाटो तथा नाकाहरुमा स्वागत द्वार समेत निर्माण गरिएको छ । मेलामा आउने दर्शकहरुको लागि बिभिन्न खेल तमासाहरुको व्यवस्था पनि गरिएको छ ।

Leave a review

This will close in 0 seconds