आदर्श कोतवाल गाउँपालिकाले ल्यायो ४५ करोड ५२ लाख ७८ हजारको बजेट

साझेदारी दैनिक
289 पाठक संख्या

नूर आलम बादशाह\

बाराको आदर्श कोतवाल गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१÷०८२ का लागि करिब ४५ करोड ५२ लाख ७८ हजारको बजेट ल्याएको छ ।

गाउँपालिकाको नव निर्मित भवनमा सोमबार आयोजित १२ औं गाउँ सभामार्फत गाउँपालिका प्रमुख जवाहर प्रसाद साहले आगामी आर्थिक वर्ष ०८१÷०८२ का लागि करिब ४५ करोड ५२ लाख ७८ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

गाउँ सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ रु. २५ करोड ७३ लाख ७८ हजार राखिएको छ,भने पुँजीगत खर्चतर्फ रु. १९ करोड ७९ लाख रकम विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि नगरपालिकाले खर्च व्यहोर्ने स्रोतहरुमध्ये संघीय सरकारको अनुदानबाट रु. ४२ करोड, प्रदेश सरकारको अनुदानबाट रु. २ करोड ५१ लाख ७८ हजार र आन्तरिक आम्दानीबाट रु. १ करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको गाउँपालिका प्रमुख साहले बताए ।

गाउँपालिका प्रमुख साहको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथि उपप्रमुख मीरा देवी,वडा अध्यक्षहरु सुनील कुशवाहा,मनोज मेहता,सुरेश यदुवंशी,शेख जवाहिर,रुपेश सिंह,राजू गुप्ता,जनक ठाकुर,हरी नारायण कुशवाहा,वडा सदस्यहरु रंजीत गुप्ता,नन्दलाल साह,लाल प्रसाद यादव,लखिन्द्र साह,श्री राम चरित्र माविका प्रअ दिनेश साह,युवा नेता राजेन्द्र यादव,उमेश साह,गुड्डू यादव,रामाकान्त साह,अजीम अंसारी,बिभिन्न शाखा प्रमुख,सञ्चारकर्मी लगायत कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन राम एकबाल यादवले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रले राखेका थिए ।

Leave a review

This will close in 0 seconds