जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ मा रहेको अशोक स्टील उद्योगमा कार्यरत एक जना कामदार जलेर घाईते भएका छन ।
काम गर्ने क्रममा शुक्रबार एक मजदुर जलेर घाइते भएका छन्। स्थानीय २० वर्र्षीय अनिल पासवान ग्याँस पाइप फुत्किएर जलेर घाइते भएका हुन्।
उद्योगमा दैनिक काममा खटिएका पासवानको अनुहारसहित शरीरको करिब १० प्रतिशत भाग जलेको छ। हाल उनी एलएस न्यूरो अस्पतालमा उपचाररत छन्।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक (डिएसपी) वेद जोशीले पासवानको अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
परिवारका अनुसार घाइते पासवानको शरीरको सतही भाग मात्र जलेको छ र उपचार अघि बढिरहेको छ । घटनापछि वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी अस्पताल पुगेका थिए । उनले पासवानको अवस्था गम्भीर नरहेको र आवश्यक सहयोगका लागि पहल भइरहेको बताएका छन ।

