Sajhedari Daily
Latest News from Nepal

सन्तगंज नाका खुल्यो, यादवले अनसन तोडे

रबिन्द्र प्रसाद साह/
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ३ कवहीगोठ अन्तरगतको सन्तगंज नाका खुलेको छ । बुधवारबाट उक्त नाखा खुलेको बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जनाएका छन ।

उक्त नाका खोल्न स्थानीय स्वतन्त्र सेनानी ज्ञान चन्द्र प्रसाद यादव आमरण अनसनमा बसेका थिए । बुधवार नाका खुलेसंगै यादवले अनसन पनि तोडेका छन । यादवले यसअघि पनि अनसनमा वसेका थिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद राधेचन्द्र यादव र कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवको सक्रियाता र बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको पहलमा उक्त नाखा खुलाईएको हो ।

बुधवार प्रजिअ सहितको टोलीले नाका खुलाएका हुन । यस अघि नै गृह मन्त्रालयले बारा सहितका विभिन्न नाका खुलाउने निणर्य गरेको थियो । नाका खुलेसंगै यसै नाकाबाट सहज रुपमा आवतजावत हुने भएकोले स्थानीयहरुमा खुसी भएका छन ।