नाला निर्माण कार्यमा लापरवाही गरेको भन्दै स्थानीयद्रारा सडक अवरुद्ध

संदिप प्रसाद यादव
377 पाठक संख्या

कलैया : मानवत–मटिअर्वा सडकखण्ड अन्तर्गत कलैया स्थित संस्कार एफ.एम नजिकै नाला निर्माण कार्यमा विधुतिय पोल घरमाथी खस्दा स्थानीयबासीहरुले सडक अवरुद्ध गरेका छन् ।

शिवम स्टोर तथा सप्लायर्सको प्रदेश –२–०३–००१ क ०५७६ नम्बरको जेसिबीले नाला निर्माण कार्यको लागी सडकको छेउमा माटो खन्ने क्रममा विधुतिय पोल दुई वटा घरमाथि खस्दा स्थानीयबासीहरुले बुधबार साझ सडक अवरुद्ध गरेका हुन् ।

सडक अवरुद्ध भएपछि कलैया भएर सो सडकमा चल्ने बस,ट्रक,मोटरसाइकल,साइकल तथा पैदल सवारीहरुलाई समस्या भएको थियोे ।

निर्माण कम्पनीले काममा लापरवाही गरेको भन्दै बिना आन्दोलनको केही सुनुवाइ नहुने भन्दै सडक अवरुद्ध गरेको एक स्थानीयले बताए ।

समाचार तयार पर्दा सम्म उक्त विधुतिय पोलको क्रेन मार्फत मर्मत कार्य चल्दै थियो भने सो एरियाको लाइन काटिएको थियोे ।

मानवत–मटिअर्वा सडकखण्ड अन्तर्गत कलैया स्थित संस्कार एफएमदेखि दुर्गा उच्च माध्यमिक विद्यालय बरेवासम्म साढे तीन किलोमिटर सडक बर्षौदेखी अलपत्रमा रहेको छ ।

बाराको सदरमुकामलाई समेत छुने बहुप्रतीक्षित आयोजनाको रुपमा रहेको मानवत–मटिअर्वा सडकले अझै निर्माण कार्य सम्पन्न गर्न सकेको छैन ।

सो अधुरो सडक निर्माण साकार गर्ने कम्पनीको नाम र विवरणका विषयमा जानकारी लिने विषयमा हुलाकी राजमार्ग निर्देशनालय कार्यालय बिरगंजका योजना प्रमुख सि.डि.ई ध्रुव कुमार झा र सूचना अधिकारी ई. संजय कुमार ठाकुरसंग बुझन खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

Leave a review

This will close in 0 seconds